सवारी चालक अनुमति पत्र लिन तत्काल ट्रायल नखुल्ने
सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० परीक्षा तत्काल नखुल्ने यातायात व्यवस्था कार्यालयले जनाएको छ।
बायोमेट्रिकका लागि प्रतिक्षामा रहेका सेवाग्राहीहरूको हकमा यातायात व्यवस्था विभागले अर्को सूचना जारी नहुँदासम्म सेवा स्थगित रहेको बताएको छ।
लाइसेन्स नवीकरणको काम भने आजदेखि सुरू भएको छ। त्यस्तै ट्रायल परीक्षा उत्तीर्ण भएकाहरूको राजश्व संकलनसमेत थालिएको कार्यालयले जनाएको छ।
२०७७ भदौ महिनासम्म परीक्षा दिनेहरूको स्मार्ट लाइसेन्स प्राप्त भएकाले सो पनि वितरण थालिएको छ।
विभागका सूचना अधिकारी लोकनाथ भुसालले तत्काल ट्रायल नखुल्ने जानकारी दिए।
‘लिखित परीक्षा र ट्रायल तत्काल खुल्दैन। मन्त्रिपरिषदबाटै नै खुल्ने निर्णय गर्नुपर्छ,’ उनले भने, ‘विद्यालयरक्याम्पस खुलेसँगै ट्रायल पनि खुल्छ होला।’
कोरोनाभाइरसका संक्रमित घटेसँगै निषेधाज्ञामा केही खुकुलो गरिएको छ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
धेरैले पढेको