घर आगलागी हुदा सल्यानमा एकको ज्यान गयो
सल्यानमा एक घरमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको शारदा नगरपालिका वडा नं।१० मदाना निवासी ३० वर्षीय राम बहादुर सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । सुती रहेको अवस्थामा घर आगलागी हुँदा जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।
मंगलबार राती करिब १० बजेको समयमा उज्यालोको रुपमा प्रयोग हुने सल्लाको दियालोबाट आगलागी हुँदा उनको ज्यान गएको अनुमान गरिएको सूचना अधिकारी पौडेलले बताए । उनी घरमा एक्लै बसेकाले अन्य मानविय क्षति भने नभएको पौडेलको भनाई छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
धेरैले पढेको







