नेकपा कसको ? आज फैसला सुनाउँदै सर्वोच्च अदालत

   
त्रिवेणी अनलाइन
२३ फाल्गुन २०७७, आईतवार ११:३९ मा

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नेकपा दल कसको भन्ने विवादको निर्णय आज सुनाउने भएको छ ।
न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा यही फागुन २० गते बिहीबार निर्णय सुनाउने मिति तय गरेको थियो । तर, पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा उक्त दिन शोक विदा परेकाले आज निर्णय सुनाउने भएको हो । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषि कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाएर २०७५ मंसिर ५ गते दर्ता गरेको रिट दर्ता गर्नुभएको थियो । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता गरी निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा दर्ता भएपछि कट्टेल अदालत जानुभएको थियो ।

तपाइँको प्रतिक्रिया
Array