त्रिबेणी गाउँपालिका वडा नं. १ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न ।

   
त्रिवेणी अनलाइन
१८ फाल्गुन २०७७, मंगलवार ०८:२० मा

फाल्गुण १८, सल्यान, त्रिवेणि गाउँपालिका सल्यानको वडा नं. १ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सोमबार त्रिबेणी गाउँपालिका वडा नं १ को काभ्रामा वडाबाट भएका सेवा प्रवाहका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । वडा कार्यालयबाट प्रवाह भइरहेको सेवा, विकास निर्माण, बजेट, भौत्तिक पूर्वाधार निर्माण, लगायतका विविध विषयमा जनताहरुलाइ सुशासनका प्रत्याभूति दिन र आम जनमानसमा स्थानीय सरकारलाइ सफल एवम सबल संस्थाको रुपमा स्थापित गर्नका लागि त्रिबेणी गाउँपालिकाले सार्वजनिक सुनवाई सम्पन्न गरेको हो ।


सहभागीहरुको प्रश्नको जवाफ दिदै समृद्ध गाउँपालिका बनाउनको लागि अहिलेको टिम लागी परेको भन्दै अब छिटै देखीने गरी विकास हुने पनि गाउँपालिका अध्यक्ष मानबहादुर डांगीले बताउनुभयो । आ.व. २०७७/७८ मा वडाले गरेका विकास निर्माणका कामहरुको बारेमा वडाअध्यक्ष छबिलाल खत्रीले जानकारी गराउनु भएको थियो । कार्यक्रममा वडाका जनताहरुको राखेका प्रश्नहरुको जवाफ संम्बन्धीत शाखा प्रमुख तथा गाउँपालिका अध्यक्षले दिनु भएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बसुन्धरा पुनले गाउँपालिकाको आ.व. २०७७÷७८ को कुल बजेट ४२ करोड ८८ लाख २२ हजार ७ सय २६ मध्ये ११ करोड ९८ लाख १९ हजार २ सय ९ रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । यो करिब २८ प्रतिशत हो ।
कार्यक्रममा जवाफदेही वक्ताको रुपमा योजना शाखाबाट पहलमान वलि, लेखाशाखा प्रमुख सन्तोष सोपकोटा, स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठ, कृषि शाखाबाट अमरसिंह बबाल, पशु शाखा प्रमुख बसन्त रावत, प्राविधिक शाखाबाट ईन्जिनियर शिबराज गोसाई, शिक्षा शाखा प्रमुख दल बहादुर राना लगायत वडा नं ६ का अध्यक्ष मानबहादुर वलिको सहभागिता रहेको थियो ।
त्रिबेणी गाउँपालिका सल्यानको आयोजनामा सुरु भएको कार्यक्रममा गाँउपालिका अध्यक्ष मानबहादुर डांगी रहनु भएको थियो । कार्यक्रममा वडा नं ३ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता हुकुम महताराले स्वागत मन्तव्यमा राख्नु भएको थियो भने कार्यक्रमको संचालन पत्रकार उत्तर कुमार साहुले गर्नुभएको थियो ।

 

तपाइँको प्रतिक्रिया
Array