स्कुल बसहरुमा अग्नी नियन्त्रक उपकरण राख्न : ट्राफिक प्रहरीको अनुरोध

   
त्रिवेणी अनलाइन
३० मंसिर २०७७, मंगलवार २०:०८ मा

केही समय यता गुडिरहेकै समयमा सवारी साधनमा आगलागी बढदै गईरहेको बेला जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले स्कुल बसहरुमा अनिबार्य रुपमा अग्नि नियन्त्रक उपकरण राख्नु पर्ने जनाएको छ । अभियानकै रुपमा पहिलो चरणमा सल्यान जिल्लामा संचालित सम्पुर्ण स्कुल बसहरुले अग्नि नियन्त्रक उपकरण राखे नराखेको चेक जाँच का साथै नराखेका बसलाई तुरुन्तै राख्नको लागि अनुरोध पनि गरेको छ । जिल्ला भर एकैसाथ यो अभियान लागू गरिएको ट्राफिक प्रहरी प्रमुख दिपेन्द्र के.सी.ले बताउनु भएको छ । आगलागी नियन्त्रण समयमै हुँदा ठूलो धनजनको क्षति हुनबाट जोगाउन सकिने हुदा यो अभियान प्रभावकारी हुने उहाले बताउनु भयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले यसअघि पनि चालक संग ट्राफिक प्रहरी लगायत बिभिन्न किसिमका जनचेतनामुलक कार्यक्रमहरु संचालन गरिरहेको छ ।

Bharatbenz School Bus, HD Png Download , Transparent Png Image - PNGitem
तपाइँको प्रतिक्रिया
Array