सल्यानमा बस दुर्घटना, ६ जनाको अवस्था गम्भिर

   
त्रिवेणी अनलाइन
१७ मंसिर २०७७, बुधबार २०:१३ मा

सल्यानमा बुधबार बेलुकी भएको बस दुर्घटनामा ६ जना गम्भिर घाइते भएका छन् । नेपालगंजबाट रुकुमको चौरजहारीका लागी छुटेको ना ४ ख ६७१५ नम्वर यात्रुबाहक बस सल्यानको कुमाख गाउँपालिका २ खारखोलामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा परेका १५ जना यात्रुलाइ उपचारका लागि नेपालगन्ज पठाइएकाे छ । १० जनाकाे रुकुम चाैरजहारीमा उपचार भैरहेकाे छ । दुर्घटना बेलुकी करिव ५ बजेतिर भएको थियो । गाडी चालक र सहचालक भने फरार रहेका छन् । उनिहरुकाे खाेजि भैरहेकाे र घटनाबारे अनुसन्धान भैरहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गाेविन्द थापाले बताउनुभयो ।

तपाइँको प्रतिक्रिया
Array