सल्यानमा दाउरा प्रहार गरी भाइले गरे दाइको हत्या
सल्यानमा दाउरा प्रहार गरी भाइले दाइको हत्या गरेका छन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १० थापाचौर जुगेन्द्रमा २० बर्षिय भाइ गेदलाल पुनले बिहिबार आफ्नै २४ बर्षिया दाइ अमर पुनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
घर झगडा हुदाँ दाउराले हिर्काएर भाइले दाइको हत्या गरेको प्रहरीले जनाएको छ । घटना बिहिबार बेलुका ८ बजेको भएपनि प्रहरीलाई शुक्रबार १२ बजे मात्र जानकारी आएको प्रहरी प्रमुख गोबिन्द थापा क्षेत्रीले जानकारी दिए । साँझ भाइले दाइको हत्या गरेर शव गाउँ नजिकैँको जोगेन्द्र भन्ने जंगलको ओढारमा फालेको अबस्थामा शुक्रबार मात्र भेटिएको बताए ।
घटनाका बारेमा जानकारी प्राप्त भएपछि प्रहरी टोली घटना स्थलमा पुगेको प्रहरी प्रमुख थापा क्षेत्रिले बताए । दाईको हत्या गरी भाई फरार रहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
धेरैले पढेको







