सल्यानमा स्वास्थ्यकर्मी सहित ४ जनामा कोरोना पुष्टि
सल्यान ८, असोज ।
सल्यानमा स्वास्थ्यकर्मी सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा एक जना स्वास्थ्यकर्मी सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लाको शारदा नगरपालिकाका ४९ जनाको स्वाव परिक्षण गर्दा १ स्वास्थ्यकर्मी सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको शारदा नगरपालिकाले जनाएको छ ।
जसमा शारदा नगरपालिका ७ कजेरी स्वास्थ्यचौकीमा कार्यरत २३ बर्षिया स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको नगरपालिकाका कोभिड फोकल प्रसन रविन बिष्टले जानकारी दिनुभयो । यस्तै शारदा नगरपालिका २ खलंगा, डाँडागाउँका २ जना पुरुष र एक जना महिलामा संक्रमण पुष्टि भएको छ ।
जसमा ४९ र ३० बर्षिय पुरुष रहेका छन् भने ४७ बर्षिया महिला रहेका छन् । होमक्वारेन्टाइनमा बसेका उनीहरुको पिसिआर परिक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको छ । संक्रमित सबैलाई लुहापिङ आइसोलेसनमा राख्ने तयारी भैरहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल प्रसन रिखाराम पुनले जानकारी दिनुभयो ।
यससँगै सल्यानमा कोरोना संक्रमितको संख्या ३ सय ५२ पुगेको उहाँको भनाई छ । संक्रमितको सम्पर्कमा आएकाहरुलाई होम क्वारेन्टाइनमा राखिएको र अबको पाँच दिन स्वाव संकलन गरेर पिसिआर गरिने शारदा नगरपालिकाले जनाएको छ ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







