लगातार घट्दै सुनको भाउ, एकै दिन तोलामा ६२ सय घट्यो
काठमाडौं– सुनको मूल्य लगातार घटिरहेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा ६२ सय रुपैयाँले घटेको छ । आइतबारबाट घट्न थालेको सुन लगातार चौथो दिन पनि घटेको हो ।
आइतबार ९ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार २ सय, मंगलबार ८ सय र बुधबार ६२ सय रुपैयाँले घटेको हो । बुधबारका लागि सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँ तोकिएको छ। मंगलबार प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँ थियो। यसअघि सोमबार प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँ थियो भने आइतबार १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मूल्य पनि एकै दिन २ सय २५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य बुधबारका लागि १२ सय १० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
धेरैले पढेको







