सल्यानमा मास्क नलगाई हिड्ने एक हजार बढी कारवाही

   
त्रिवेणी अनलाइन
१४ श्रावण २०७७, बुधबार १२:१९ मा

सल्यानमा मास्क नलगाई बाहिर हिड्ने एक हजार बढी नागरिक सल्यान प्रहरीले कारवाही गरेको छ । असार २७ गतेदेखि साउन १३ गतेसम्म एक हजार ३९ जना कारवाहीमा परेका छन् । जसबाट एक लाख तीन हजार नौ सय रुपैया राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार मंगलबार मात्रै १८० जना कारवाहीमा परेका छन् । श्रीनगर बजारमा ३०, कपुरकोट बजारमा १७, खलंगा बजारमा १५, सिमखोली बजार ५०, थारमारे बजार ४, बनगार बजार १४ र देवस्थल बजारमा ५० जना कारवाहीमा परेका छन् ।

मास्क बिना हिँडडुल गर्नेमाथि संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । कोरोना भाइरसको जोखिम बढ्दै गएको अबस्थामा आबश्यक साबधानी अपनाउदैँ यसको रोकथाम र नियन्त्रणमा सहयोग पु¥याउन अनिवार्य रुपमा मास्क लगाउनुपर्ने ब्यबस्था गरिएपनि मास्क नलगाएर हिड्नेलाई कारबाही गर्न थालिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

तपाइँको प्रतिक्रिया
Array