गरिब तथा बिपन्न परिवारलाई सोलार वितरण
सल्यान, २४ असार । त्रिबेणी गाउँपालिका सल्यानले गरिब, बिपन्न तथा दलित परिवारलाई सोलार सेट वितरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी ६१ घरधुरीका लागि सोलार सेट उपलब्ध गराएको हो ।

६ वटा वडा रहेको त्रिबेणी गाउँपालिकामा वडा कार्यालयको सिफारिसका आधारमा सोलार वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मान बहादुर डांगीले बताउनुभयो । सोलार पाता, ५५ वाटको ब्याट्रि सहित सम्पूर्ण सेट वितरण गरिएको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष डांगीले गरिब तथा बिपन्न परिवारमा उज्यालो पार्न गाउँपालिकाले सोलार वितरण गरेको बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका कारण सधैँ अँध्यारोमा बस्नुपर्ने बाध्यताको अन्त्य गर्दै गरिबको झुपडीमा पनि सरकार पुगेको प्रत्याभूति दिलाउने सरकारको उद्देश्य रहेको उहाँले बताउनुभयो ।



Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement
धेरैले पढेको






