सल्यानको शारदा नगरपालिकामा ३ जना कोरोना संक्रमित
असार १२ सल्यान । सल्यानको शारदा नगरपालिकामा पहिलोपटक ३ जनामा कोरोना पोजेटिभ भेटिएका छन् । शारदा नगरपालिकाको वडा नम्बर ९ का २५ र ३७ वर्षका पुरुष र वडा नम्बर १२ का ३२ वर्षिय पुरुषमा पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
सम्बन्धित वडाको क्वारेन्टाइनमा बसी रहेको संक्रमितहरुलाइ खलंगामा रहेको आइसोलेसनमा ल्याउने तैयारी भइ रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जुन बुढाले जानकारी दिए । यो संगै सल्यानमा कोरोना संक्रमितको संख्या १ सय ७६ पुगेको छ । संक्रमित मध्ये १ सय ५० जना उपचार पछि निको भएर घर फर्किसकेका छन् ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
धेरैले पढेको







