सल्यानका थप ६ जनामा कोरोना पुष्टी : संक्रमितको संख्या १६८ पुग्यो

   
त्रिवेणी अनलाइन
७ असार २०७७, आईतवार १९:४५ मा

सल्यान ७, आषाढ
सल्यानका थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पीसीआर परीक्षणमा जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाका ६ जनाका कोरोना संक्रमण पुष्टी भएको हो ।

जसमा बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर २ का ३८ बर्षिय १ जना पुरुष, वडा नम्बर ३ का २८ बर्षिय १ जना पुरुष, वडा नम्बर ४ का ३०, ३० बर्षिय २ जना पुरुष, वडा नम्बर ५ का २२ बर्षिय १ जना पुरुष र वडा नम्बर ६ का १९ बर्षिय १ जना पुरुष रहेका छन् । भारतबाट फर्किएर क्वारेन्टाइनमा रहेका उनीहरुको शनीवार आएको पिसिआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

कोभिड फोकल प्रसन रिखाराम पुनले उनीहरु सबैको स्वास्थ्य अबस्था सामान्य रहेको बताउनुभएको छ । साथै उनीहरुलाई आज लुहापिङमा रहेको आइसोलेशनमा उपचारको लागी ल्याईएको छ । यस सँगै सल्यानमा कोरोना संक्रमितको संख्या १ सय ६८ पुगेको छ ।

यस्तै सल्यानका ३ जना कोरोना संक्रमित घर फर्किएका छन् । कुमाख गाउपालिकामा रहेका उनीहरुको दोस्रो पटकको पिसिआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु घर फर्किएका हुन् । यससँगै सल्यानमा निको हुनेको संख्या ५७ पुगेको छ ।

तपाइँको प्रतिक्रिया
Array