टेकमाइन्डस नेटवर्कले गर्यो २ सय ६४ जना कर्मचारीको कोरोना बीमा

   
त्रिवेणी अनलाइन
७ जेष्ठ २०७७, बुधबार २२:०२ मा

सल्यान ७ जेष्ठ । ईन्टरनेट सेवा प्रदायक कम्पनी टेकमाइन्डस नेटवर्क प्रा.लिले हाल कार्यरत कर्मचारीहरूको कोरोना बीमा गरिदिएको छ । चितवनमा रहेको टेकमाइन्डस नेटवर्क प्रा.लिले आफ्नो २ सय ६४ जना कर्मचारीहरुको कोरोना बीमा गरेको छ । कम्पनीमा कार्यरत ती कर्मचारीको एनएलजी इन्स्योरेन्स कम्पनी नारायणगढबाट कोरोनाको जोखिम बहन गर्नेगरी (कोभिड १९) बीमा गरेको हो ।

Image may contain: text

कोरोना रोकथाम तथा नियन्त्रणको लागि भनेर सरकारले गत चैत्र ११ गते देखी देश निरन्तर लकडाउन गरेको छ । यस्तो विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीहरुको उच्च मुल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ काम गर्न हौसला प्रदान गर्नका लागि उत्तः कम्पनीले अहिले कार्यरत कर्मचारीहरुको कोरोना वीमा गरिदिएको हो ।
यस्तो परिस्थितिमा इन्टरनेट सेवा अत्यन्त जरुरी भएको र निरन्तर रुपमा सेवा प्रदान गर्नु परेको हुनाले सबै कर्मचारीहरुले निरन्तर रुपमा खटिरहेको टेकमाइन्डस नेटवर्क प्रा.लिले जनाएको छ।

तपाइँको प्रतिक्रिया
Array