नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुग्यो, आजमात्रै २४ जना थपिए
बैशाख २९, काठमाडौं । नेपालमा आजमात्रै २४ जना नयाँ कोरोनाका संक्रमित पुष्टी भएका छन् । आज बिहान ११ र साँझ १३ जनाका कोरोना पुष्टी भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज साँझ कपिलबस्तुका ६, रुपन्देहीका ६ र बर्दियाका १ जनामा कोरोनाभाइरसको पुष्टि भएको हो । कपिलबस्तुको यशोधरा गाउँपालिका–८ र बुद्धभूमि नगरपालिका वडा नम्बर ७ का १५,१९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ।
यस्तै रुपन्देहीको समरीमाई गाउँपालिका–७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका –६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुपमा कोरोना पुष्टि भएको हो । यसैगरी बर्दियाको राजापुर ५ का ११ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको भनाइ छ।
आजै बिहान ११ जना संक्रमित भेटिएका थिए। १० जना संक्रमित कपिलवस्तुका थिए भने एक जना सप्तरीका थिए। कपिलवस्तुका संक्रमितहरू १८,१९,२४, ३०, ३१ वर्षका एक(एक पुरूष र २० वर्षका दुई तथा ३४ वर्षका दुई पुरूष रहेका थिए। यसैगरी एक जनाको भने उमेर खुलेको छैन भने सप्तरीका १८ वर्षीय पुरूषमा संक्रमण देखिएको थियो।
योसँगै नेपालमा संक्रमित संख्या १३४ पुगेको छ। जसमध्ये ३१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने तीनमा पुनस्संक्रमण देखिएर अस्पतालमा उपचार भइरहेको छ।
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न