बागचौर नगरपालिकाद्धारा १ हजार ४६ घरपरिवारलाई राहत बितरण

   
त्रिवेणी अनलाइन
२७ बैशाख २०७७, शनिबार ०७:३२ मा

सल्यान २७, बैशाख ।
सल्यानको बागचौर नगरपालिकाले एक हजार बढी रपरिवारलाई राहत वितरण गरेको छ । कोरोना भाइरस रोकथामको लागी सरकारले जारी गरेको बन्दाबन्दीका कारण दैनिकी चलाउन समस्या भएका १ हजार ४६ घरपरिवारलाई पहिलो चरणमा राहत बितरण गरेको हो ।

वडा कार्यालयले सिफारिस गरेका घरपरिवारलाई वडा कार्यालयबाटै राहत वितरण गरिएको नगरप्रमुख लोकमान बुढाथोकीले जानकारी दिनुभयो ।

नगरपालिकाका अनुसार वडा नम्बर १ मा ८८ घरपरिवार, २ मा एक सय घरपरिवार, ३ मा ८० घरपरिवार, ४ मा एक सय एक घरपरिवार र वडा नम्बर ५ मा ९७ घरपरिवारलाई राहत वितरण गरिएको छ । यस्तै वडा नम्बर ६ मा ८९ घरपरिवार, वडा नम्बर ७ मा ८३ घरपरिवार, वडा नम्बर ८ मा ९९ घरपरिवार, ९ मा ४३ घरपरिवार, १० मा ८९ घरपरिवार, ११ मा ९५ घरपरिवार र वडा नम्बर १२ मा ८३ घरपरिवारलाई राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

तपाइँको प्रतिक्रिया
Array