लमजुङदेखी श्रीनगरसम्म आएर अलपत्र परेका ३१ जनाको उद्धार (भिडियो)
बैशाख ११ सल्यान
दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्दै आएका मानिसहरु लकडाउनका कारण आफूसँग भएका खाद्यान्न तथा पैसा सकिएपछि घर फर्किने चाहना भए पनि लकडाउनका कारण सवारी साधन नचल्दा हजारौं मजदुर बाटोमा परिरहेको बेला सल्यानका युवा नेता रमेश मल्लको पहलमा लमजुङबाट ३१ जना मजदुर सल्यान पठाइएको छ । तर पनि रुकुमको चौरजहारी नगरपालिका का १४, कुमाख गाउँपालिका सल्यानका १०, दार्मा गाउँपालिका का ५ र छत्रेश्वरी गाउँपालिकाका २ जना गरि ३१ जनाको टोलीलाई श्रीनगरमा झारिदिए पछि अलपत्रमा परेका थिए ।
भिडियो हेर्नुहोस ।
सल्यानका युवाहरुको पहलमा सवारी साधनको व्यवस्था गरेर घरसम्म पुयाएको छ ।
लमजुङदेखी श्रीनगरसम्म आएर अलपत्र अवस्थामा रहेका ३१ जना मजदुरहरुलाई सल्यान दृष्टिकोण टिमको सहजीकरणमा सम्बन्धित स्थानमा पठाउने काम भएको छ । शारदा नगरपालिका वडा नं. १ को आर्थिक सहयोगमा ती मजदुरहरुलाई केही खानेकुरा (चाउचाउ, चिउरा, बिस्कुट, पानी) प्रदान गरिएको थियो ।

सम्बन्धित नगरपालिका तथा गाउँपालिकासँग सम्पर्क गरि श्रीनगरबाट गाडी ब्यवस्था गरेर सम्बन्धित गन्तव्यसम्म पठाइएको हो । ती व्यक्तिहरूलाइ स्थानीय सरकारका प्रतिनिधिसंग सम्पर्क गराइएको सल्यान दृष्टिकोणका संचालक ध्रुवराज वलीले जानकारी दिएका छन । उनले सामाजिक संजालमा स्थानिय तह मार्फत स्वास्थ्य परीक्षण र आवश्यक प्रकृया पुरा गरेर मात्र मजदुरहरुलाई घरमा पठाउन अनुरोध गरेका छन ।

- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement






