सल्यानका तीन जनाको रिपोर्ट आयो कोरोना नेगेटिभ

   
त्रिवेणी अनलाइन
१९ चैत्र २०७६, बुधबार १४:३९ मा

सल्यान, १९ चैत
जिल्ला अस्पताल सल्यानबाट कोरोना परीक्षणका लागि नमुना पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको छ । रिपोट नेगेटिभ आएपछि सल्यान अस्पतालमा आइशोलेशनमा भर्ना गरिएका तीन जनालाई आजै (वुधवार) डिस्चार्ज गर्ने तयारी भइरहेको छ ।
गत चैत १७ गते जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १२ का २ जना र छत्रेश्वरी १ का १ जनामा उच्च ज्वरो देखिएपछि कोरोना परीक्षणका लागि नमुना संकलन गरी काठमाडौ पठाइएको थियो ।
गत चैत १० गते कामको शिलशिलामा भारत बाट घर आएका वनगाड कुपिण्डे १२ निगाल्चुला माझखर्क एक पुरुषलाई उच्च ज्वरो देखिएपछि उहाँकी श्रीमति सहित सल्यान अस्पतालको आइसो लेशनमा राखेर उपचार गरिएको थियो ।

तपाइँको प्रतिक्रिया
Array