नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटना

   
त्रिवेणी अनलाइन
१५ चैत्र २०७६, शनिबार १४:०१ मा

नेपालगञ्ज,
१५-चैत /  कारोना भाइरस रोकथामका लागि औषधि र सम्भावित संक्रमितको नमुना लिन गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्जको राँझा विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ ।

विहान ११ बजेर ३२ मिनट जाँदा राँझा विमानस्थलमा अवतरण गरेको विमान रनवेबाट चिप्लिएर विमानस्थलको खाली चउरसम्म पुगेको थियो । विमानमा रहेका सबै ५ जना सकुशल रहेको नेपालगञ्ज विमानस्थलले  जानकारी दिएको छ ।

नेपाल एयरलाइन्सको अल्फा एकेभी वाई टु कलसाईन भएको विमान दुर्घटनामा परेको छ । विमान दुर्घटनाबारे थप जानकारी भने आउन बाँकी रहेको जनाएका छन् ।

‘हामी १ बजेतिर काठमाडौंबाट ट्वीनअर्टर जहाज पठाउदैछौं, त्यो जहाजले दुई डाक्टर, क्याबिन क्रु लिएर आउँछ, नमुना पनि ल्याउँछ, के भएर दुर्घटना भयो भन्ने बरे छानबिन गर्छौ’ ज्वार्चनले भने ।

नेपाल नागरिक उड्डयन प्राधिकरणकचा महानिर्देशक राजन पोखरेलले उक्त विमान प्राविधिक टोलीले मर्मत गरेपछि मात्र उड्ने बताए ।

तपाइँको प्रतिक्रिया
Array