खुकुरी प्रहारबाट गम्भीर घाईते डाँगीको मृत्यु
दाङमा खुकुरी प्रहारबाट गम्भीर घाईते भएका एक व्यक्तिको मृत्यु भएको छ । उपचारकालागि काठमाडौं लैजादै गर्दा खुकुरी प्रहारबाट गम्भीर घाइते भएका तुलसीपुर ५ रतननाथ टोल निवासी २३ वर्षीय हिरा डाँगीको मृत्यु भएको हो ।
केही समूहले आईतबार राति उनी माथि खुकरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट दुबै खुट्टाको तिग्रामा गहिरो चोट लागेका डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि थप उपचारका लागि कोहलपुर लगिएको थियो ।
त्यहाँबाट उपचारका लागि काठमाडौं लैजादै गर्दा उनको सोमबार दिउसो मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले बताए ।
आईतबार राति १ बजेतिर टरिगाउँ एयरपोर्ट नजिक खुकुरी प्रहार गरिएको हो । खुकुरी प्रहार गर्ने समूहको खोजी गर्ने काम भईरहेको प्रहरीले बताएको छ ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
धेरैले पढेको