सल्यानको त्रीबेणी गाउँपालिका अध्यक्षका छोरामाथी खुकुरी प्रहार, हेलिकप्टरबाट काठमाडौ लगिदै

   
त्रिवेणी अनलाइन
३ चैत्र २०७६, सोमबार ११:५३ मा

sharethis sharing button

चैत्र ३ दाङ :

 सल्यानको त्रीबेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाङीका छोरामाथी खुकुरी प्रहार भएको छ।डाङीका छोरा २३ बर्षिय हिरा डाङी माथी गएराती दाङको तुलसिपुरमा खुकुरी प्रहार भएको हो।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ अस्पताल रोड निवासी २३ बर्षीय डाँगीमाथि तुलसीपुर ६ रजौरामा सोमवार विहान १ बजेतिर खुकुरी प्रहार भएको प्रहरीले बताएको छ ।

तुलसीपुर गौलौरा निवासी अनुप बस्नेत लगाएका ४/ ५ जना युवाहरुको समुहले डाँगी माथि सामान्ने विवादमा खुकुरी प्रहार गरि गम्भीर घाइते तुल्याएको भन्ने खवर प्राप्त भएको प्रहरिले जानकारी दिएको छ।

घाइते डाँगीको तुलसीपुरमा प्रारम्भीक उपचार पछि राति नै थप उपचारको लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा लगिएको प्रहरीले जनाएको छ

उनलाई थप उपचारको लागि अहिले हेलिकोप्टर मार्फत बाँकेवाट काठमान्डौं लैजाने तयारी भइरहेको उनका दाजु पोखर सिंह डाङीले तीखो खबरलाई बताएका छन।भाईको अबस्था गम्भीर छ ” थप उपचारको लागि काठमान्डौ लैजादै छौ हेलिकप्टर आउदैछ उनले भने।

डाँगीको खुट्टामा खुकुरी आक्रमणवाट गहिरो चोट लागेको हुँदा अत्यधिक रक्तस्राव भएको उनको पारिवारिक श्रोतले बताएको छ । घाइते डाँगीको शरिरका अन्यभागमा पनि खुकुरी प्रहारवाट घाउहरु देखिएका छन ।

फूटवल खेलाडी तथा नेविसंघका नेता समेत रहेका डाँगी किन रातिमा त्यहाँ पुगेका थिए र किन उनीमाथि खुकुरी प्रहार भयो भन्ने वारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

खुकुरी प्रहार गर्ने युवाहरुको खोजी तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया
Array