सल्यानमा नेपाली सेनाको गाडी भिरबाट खस्दा एकको मृत्यु ६ घाईते
सल्यानमा नेपाली सेनाको गाडी भिरबाट खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य ६ जना घाइते छन घाईते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । सल्यानको सिमखर्क ब्यारेकबाट बुटवल तर्फ जाँदै गरेको लु १ ग १२३ नम्वरको गाडी बुधबार दिउँसो कपुरकोट गाउँपालिकाको वडा नं ३ स्थीत चोरखोला भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि यादव प्रसाद धरेलको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै जय प्रसाद वोहोरा, विशाल गुरुङ, विपिन श्रेष्ठ, मोहनलाल थापा, रोशन हिटन र ईश्वर सिलवाल घाइते रहेका छन । घाईतेहरुलाई कपुरकोट गाउँपालिकाका जनप्रतिनिधी, स्थानीयवासी तथा प्रहरी र सेनाले छाँगाबाट उद्धार गरि उपचारको लागि जिल्ला वाहिर पठाईएको छ । भिर तथा जंगलभरि सेनाका हतियार र बिम छरपस्ट देखिएको स्थानीयहरु बताउँछन । अहिले सेनाद्धारा संकलन कार्य जारि । गाडी सडकबाट करिब ५०० मिटर तल खसको छ ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







