राजस्व संकलन कार्यालय अब सल्यानमा

२५ माघ २०७६, शनिबार १७:५६ मा प्रकाशित

माघ,२५ सल्यान । सल्यान उद्योग बाणिज्य संघ सल्यानको पहलमा सल्यान र रुकुम जिल्लालाई मद्यनजर गर्दै कर सेवा ´राजस्व संकलन केन्द्र` कार्यलय सल्यानमा स्थापना हुने भएको छ। नेपाल सरकार (मन्त्रिपरिषद्)को निर्णयानुसार ग्राहकको सेवालाई मध्यनजर गर्दै सल्यानमा करदाता सेवा कार्यालय स्थापना गर्न लागिएको हो । उद्योगी व्यवसायीहरुको सेवालाई मध्यनजर गरी यसै आर्थिक बर्षभित्र अनिवार्य रुपमा लागु हुने गरी केन्द्रबाटै करदाता सेवा कार्यालय खोल्न लागेको संघका बरिष्ठ उपाध्यक्ष कुमार बुढाथोकीले बताउनु भयो ।

टाढाको दूरी हुँदा उद्योगी, व्यवसायीलाई कर तिर्न समस्या भएपछि करदाता सेवा कार्यालय थप गरेको हो। संघको पहलमा उक्त कार्यालय स्थापना हुन लागेको हो । सल्यान र रुकुमका ब्यापारीका निम्ति कर बुझाउन लामो समय लगायर दाङ जानू पर्ने बाध्यता रहेकोमा अब भने सल्यानमा स्थापना गरिन लागिएको करदाता सेवा कार्यालयले ब्यापारी लाई निकै राहत हुने महासचिव भरत बस्नेतले जानकारी दिनु भयो । जिल्लाका ब्यापारीका हकहितको लागि संघले बिभिन्न समयमा आन्तरिक राजस्व कार्यालय तुल्सिपुर दाङ संग समन्वय गरि राजस्व संकलन गर्ने गरेको छ।

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu