दोस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता बानपा १० पिपलनेटामा सुरु
बागचौर नगरपालिका वडा नं.१०को दोस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता मंगलवार देखी पिपलनेटामा सुरु भएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले,बागचौर नगरपालिका वडा नं.१० को पहिचान खेल क्षेत्रमा छुट्टै किसिमको रहेको बताएका छन् । कार्यक्रममा बागचौर नगरपालिकाकी,उपप्रमुख कल्पना पुनले,बागचौर नगरपालिका भित्रका सम्पुर्ण,खेलाडीहरुको पहिचान गरि,बिभिन्न खेलहरुमा खेलाडीहरुलाई, राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तर सम्म पुर्याउने लक्ष्य रहेकाले त्यसमा आफुहरु लागी परेको बताएकी छ्न ।

माघ २४ गते सम्म संचालन हुने वडा अध्यक्ष कप खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका,प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतले,पछिल्लो समयमा खेल क्षेत्र फराकिलो भएको बताएका छ्न ।उनले खेल क्षेत्रको राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरसम्म छुट्टै पहिचान हुने भएकाले यस्को बिकासमा अझै तिब्रताका साथ लाग्नु पर्ने बताएका छ्न ।

बागचौर नगरपालिका वडा नं.१० का वडा अध्यक्ष कृष्ण खड्काको अध्यक्षता तथा वडा सदस्य बृन्द्वा गीरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा,बागचौर नगरपालिकाका वडा न नं.१ वडा अध्यक्ष नेत्रबहादुर डाँगी,वडा नं.८ का वडा अध्यक्ष रोमु शाही,बागचौर नगरपालिका स्वास्थ्य शाखा निमिक्त प्रमुख धनिराम केसि,अखिल नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य मोहन बुढाथोकी,बागचौर नगर अध्यक्ष,उमेश कुमार बुढाथोकी लगाएतकाले कार्यक्रम सफलताको शुभकामना राखेका थिय ।

- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







