अस्पतालको बेडमा थला परेका सल्यान कौछेका भद्र बहादुरलाई शानपाद्वारा सहयोग
माघ १ , सल्यान । विभिन्न रोगले ग्रसित भएर अस्पतालको बेडमा थला परेका सल्यानको शारदा नगरपालिका ६ कौछेका भद्र बहादुर खड्कालाई शारदा नगरपालिकाले आर्थिक सहयोग गरेको छ । बच्चादेखिनै पोलियो भई अपांग बनेका खड्का पछिल्लो समय एपेन्डी साइटिस र पाइल्स रोगले ग्रसित भई सल्यान अस्पतालमा उपचारर्थ छन् ।
घरको आर्थिक अवस्था अति न्युन भएका उनलाई शारदा नगरपालिकाले केहिदिन अघि १० हजार र आज २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । शारदा नगरप्रमुख सुरेश अधिकारी, प्रवक्ता दिपक हमाल र ६ का वडा अध्यक्ष भिकराज बुढाथोकी गएर सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
रोगले ग्रसित ४५ वर्षका खड्काको पोलियोले गर्दा बाल्यकाल देखिनै सहजरुपमा हिडडुल गर्न सक्दैन्न । उनकी श्रीमती पनि अपांग भएकोले घरको आर्थिक अवस्था ज्यादै कमजोर भएको छिमेकीहरु बताउछन् । सल्यान अस्पतालमा केहि समय अघि अपांगहरुले निशुल्क औषधी सुविधा पाउने गरेपनि अहिले प्रदेश सरकारले त्यो कटौती गरिदिदा अपांग बिरामीहरु निशुल्क सेवा लिनबाट बन्चित भएका छन् ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







