दार्माखोलामा पक्की पुल बन्दै
सल्यान, १८ पुस
दार्मा गाउँपालिका सल्यानको केन्द्र फारुलाचौर जोड्ने दार्मा खोलामापक्कीपुलको शिलान्यास गरिएको छ । एक कार्यक्रमकाबीचगाउँपालिकाअध्यक्षनिमबहादुर केसीसहितको जनप्रतिनिधिको टोलीले पुलको शिलान्यास गरेको हो ।पुलको शिलान्यास गर्दैगाउँपालिकाअध्यक्षनिमबहादुर केसीले गाउँपालिकामाबाह्रै महिनायातायात सुचारु गर्ने उद्देश्यका साथपुललाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

वर्षाको समयमा सधैँ बाटो अबरुद्ध हुने समस्याको अन्त्यअर्को वर्ष नआउने उहाँले बताउनुभयो । गाउँपालिकाले सडकलाई प्राथमिकताका साथ अगाडि बढाएको बताउँदै उहाँले २ वर्षभित्रमागाउँपालिकाका बस्तीहरुमा सडक पु¥याउने लक्ष्यका साथ अघि बढेको जानकारी दिनुभयो ।रारेचौर–फारुलाचौर सडकखण्डको दार्माखोलामानिर्माण हुने उक्तपुलप्रदेश सरकारको १ करोड ८७लाख २ हजार ८ सय ८२ रुपैयाँको लागतमानिर्माण हुनलागेको हो ।
लक्ष्मण जे.भी. भरतपुर चितवननिर्माण कम्पनीले २०७७असार २० गतेभित्रकाम सम्पन्नगर्नेगरी काम सुरु गरेको छ । पुलको चौडाइ७.२ मिटर र लम्बाइ २५ मिटर रहेको गाउँपालिकाकाप्राविधिकप्रकाश खड्काले जानकारी दिनुभयो । जसमापुलको दुवैतर्फ पैदलयात्रीकालागि ६०÷६० सेन्टिमिटर छुट्याइएको उहाँले जानकारी दिनुभयो । पुलनिर्माणका लागि स्थानीय सडक पुलकार्यक्रम (एलआरबिपी), स्थानीय सडक पुल सहयोग इकाई (एलआरबिएसयू) मानभवनललितपुर नेपालतथा स्वीस सरकार विकास सहयोग एसडिसीको प्राविधिक सहयोग रहेको छ ।

- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







