कुमाख पहाडको टाकुराबाट भ्रमण बर्ष २०२० अभियान उद्घाटन हुने ।
सरकारले सन् २०२० लाइ भ्रमण बर्षको रूपमा मनाउदैछ । सरकारको यो कार्यक्रमलाइ सफल बनाउन विभिन्न तहका सरकारले विभिन्न कार्यक्रम गर्न लागेका छन । सल्यानको कुमाख गाउँपालिकाले भ्रमण बर्ष २०२० को पहिलो दिन कुमाखको टाकुरामा पुगेर भ्रमण बर्षको उद्घाटन गर्ने भएको हो ।
कुमाखको टाकुरामा पुगेर गाउँपालिकाले भ्रमण बर्ष २०२० को शुभकामना अदानप्रदान गर्ने र कुमाखमा अन्तरिक तथा वाह्य पर्यटकको अगमनलाइ ध्यान केन्द्रित गर्ने गरि अभियान चलाउने प्रमख प्रशासकिय अधिकृत जगत बहादुर घर्तीले जानकारी दिएका छन । उनले भने –“हामी भ्रमण बर्षको पहिलो दिन माथी टाकुरामा पुग्छौं र सल्यानको कुमाख पनि भ्रमण गर्न लायक एक स्थान हो भन्ने सन्देश दिन्छौं ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायत स्थानियवासीको सहभागिता हुने घर्तीले जानकारी दिए ।


‘घुम्न आएका अतिथिको सम्मान, भ्रमण बर्ष २०२० को साझा आह्वान’ भन्ने नारा सहित बुधबारबाट भ्रमण बर्ष २०२० शुरू हुदैछ । भ्रमण बर्षलाई नै टेवा प¥याउने गरी गाउँपालिकाले ‘कुमाख जाऔं, सुन्दर हरियाली प्रकृतिसंगै भ्रमण वर्ष २०२० भव्यरूले मनाऔं’ नयाँ नारा बनाएको छ ।
सल्यानको कुमाख गाउपालिका भित्र कुमाख लेख, लेखका वरपर विभिन्न गुफा, विभिन्न स्थानमा मठ मन्दिर, नेपाल विभिन्न राज्यमा विभाजित भएका वेला तत्कालिन राजाले निर्माण गरेका अवशेषहरू हेर्नलायक रहेका छन ।

- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







