रारेचौर – फारुला जोड्ने सडक मा पक्की पुल बन्दै
मसिंर १८ सल्यान/ मंगलबार दार्मा ३ मा रहेको दार्मा खोला सडक पुलको सार्बजनिक सुनुवाइ सम्पन्न भएको छ ।
रारेचौर फारुला जोड्ने सडक मा पक्की पुल बन्न लागेको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसि, उपाध्यक्ष टीका शार्मा , ६ नं. वडा अध्यक्ष दुर्गा बहादुर मल्ल, स्थानिय सडकपुल सहयोग कार्यक्रम इकाइ र स्थानिय सडकपुल कार्यक्रम ललितपुर का बिज्ञता पौडेल, लगायत को टोलिको उपस्थित रहेको थियो । दार्मा गाउपालिका का नि प्रमुख खुम बहादुर के सि को अध्यक्षता मा सुरु गरेको कार्यक्रम को सहजिकरन प्रशासन शाखा प्रमुख विर्ख बहादुर ओलिले गरेका थिए ।

भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाभार विकास कार्यालय सुर्खेतको कुल १ करोढ ८७ लाख लागतमा बन्ने पुलको निर्माणको जिम्मा संरक्षण/ लक्ष्मण जेभि चितवनले पाएको छ ।
कुल २५.६० मिटर लामो पुल २०७७ असार भित्र काम सक्ने जेभिका तर्फबाट बोल्दै निर्माण व्यवसायी डिल्ली प्रकाश केसी ले बताए ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







