जनयुद्धका कमाण्डर सुनिल मारिएकै ठाउँमा शालिक शिलान्यास

   
त्रिवेणी अनलाइन
२२ कार्तिक २०७६, शुक्रबार ०८:४८ मा

उर्जा मन्त्री एवम नेकपा स्थाइ समिति सदस्य बर्षमान पुनले गङगादेव गाउपालिका रोल्पामा शहिद किम बहादुर थापा सुनिलको शालिक सिलान्यास गर्नु भएको छ ।

तत्कालीन माओवादीका केन्द्रिय सदस्य एवम् जनमुक्ति सेना नेपालका डिभिजन कमान्डर सुनिलको गङगादेव ३ जिनाबाङ मनिमारे रोल्पामा २०६२ सालमा हेलिकप्टर आक्रमणमा मारिएका थिए । गङगादेव गाउपालिका रोल्पाको १५ लाख बजेटमा निर्माण हुने शालिक सिलन्यास कार्यक्रममा उर्जा मन्त्री बर्षमान पुन, प्रदेश सभा सदस्य दीपेन्द्र पुन सिजल, जिसस रोल्पाका प्रमुख राज बहादुर बुढा, गङगादेव गाउपालिका रोल्पाका अध्यक्ष बिर बहादुर खत्री, त्रिबेणि गाउपालिका रोल्पाका अध्यक्ष शान्त कुमार वली, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, जिसस रोल्पाका सदस्य लोक मान वली, गङगादेव गाउपालिका रोल्पाका उपाध्यक्ष रिता घर्ती, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेश पुन मगर, गाउपालिकाका जनप्रतिनिधि लगाएत स्थानीय को सहभागिता रहेको थियो। कार्यक्रम उर्जा मन्त्री पुनले रोल्पाका सबै ठाउमा ३ बर्ष भित्र बिजुलि को पउच बिस्तार गर्ने बताउनु भएको छ ।

उहाले गणतन्त्र ल्याउनुमा शहिद किम बहादुर थापाको योगदान उच्च रहेको स्मरण गर्दै गाउपालिकालाइ धन्यवाद दिनु भएको छ ।

उक्त कार्यक्रममा गङगादेव गाउपालिका रोल्पाका अध्यक्ष बिर बहादुर खत्रीले शहिदले देशको परिवर्तनको लागी गरेको योगदान को उच्च सम्मान गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।

उहाले किम बहादुर थापा तत्कालीन माओवादी पार्टी बाट सबै सिनियर शहिद भएको ले उहाले शाहादत प्राप्त गरेको स्थान मनिमारेमा शालिक निर्माण गर्न लागिएको बताउनु भएको गङगादेव गाउपालिका रोल्पाका प्रेस सयोजक अशोक वली परिवर्तनले जानकारी दिनु भएको छ

तपाइँको प्रतिक्रिया
Array