गाडीको ब्रेक फेल हुँदा सल्यानकाे दार्मामा ३ जना घाईते
प्रकाश शर्मा / असोज २७, सल्यान ।सल्यानमा गाडी दुर्घटना हुँदा ३ जना घाईते भएका छन् । जिल्लाको बागचौर नगरपालिका स्थित थारमारे बजारबाट दार्मा गाउँपालिकाको फारुला बजारका लागि हिडेको लु २ च १६७२ नम्बरको निजी डबल क्याफ बोलेरो आइतबार साँझ दुर्घटना भएको हो । दुर्घटनामा परि घाइते हुनेहरुमा दार्मा ३ दबाङका चम्फा आली, दार्मा ३ खलाटाकुरीका करुना रोकाय र दार्मा २ का कमला रोकाय रहेका छन् । उनीहरुको अवस्था सामान्य भएको र उपचारको लागि जिल्ला अस्पताल सल्यानमा पठाइएको इलाका प्रहरी कार्यालय फारुलाका सहायक प्रहरी निरिक्षक जनक भण्डारीले जानकारी दिए ।
गाडी उकालोमा गुडिरहेको र ब्रेक फेल हुँदा ब्याक सरेर सडकको भित्तामा ठोकिएको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
धेरैले पढेको







