चिनियाँ राष्ट्रपति सीको भ्रमणका लागि राखिएका पोष्टर च्यात्ने पक्राउ

२३ आश्विन २०७६, बिहीबार १२:५७ मा प्रकाशित

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका लागि सडक छेउमा राखिएका पोष्टर (फ्लेक्स) च्यात्ने दुई जना पक्राउ परेका छन्। उदयपुरका गोपाल सार्की र रौटहटका राजकुमार ठाकुरलाई तीनकुनेमा राखिएका पोष्टर च्यातेको आरोपमा पक्राउ गरिएको हो। उनीहरूलाई महानगरीय प्रहरी वृत्त, बानेश्वरमा राखिएको छ। मंगलबार गोपाल सार्कीले मादक पदार्थ सेवन गरेका बेला उक्त पोष्टर च्यातेको महानगरीय प्रहरी वृत्तका प्रवक्ता तथा डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

त्यही च्यातेको पोष्टरलाई थप तानेर च्यात्ने राजकुमारलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको हो।

‘पोष्टर च्यात्नु चिनियाँ राष्ट्रपति सीको भ्रमणलाई बाधा पुर्‍याउन लक्षित नभई अन्जानमा भएको हो,’ बोगटीले सेतोपाटीलाई भने, ‘सरकारी सम्पत्ति क्षति गरेकाले पक्राउ गरिएको हो।’

उनीहरूमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ।

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu