बनगाड कुपिण्डेमा कार्यक्रम जनता सङ्ग सभामुख कार्यक्रम सम्पन्न
असोज ५ सल्यान, असोज ससदिय बाहय पहुँच कार्यक्रम जनता सङ्ग सभामुख कार्यक्रम आज बनगाड कुपिण्डे नगरपालिका वडा न ६ बनगाड क्याम्पसको सम्पन्न भएको छ । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहिको प्रमुख अतिथिमा तथा नगर प्रमुख गोविन्द कुमार पुन, उप प्रमुख मन्जु यरि लगाएत वडा अध्यक्ष, राजनैतिक दल क्याम्पस प्रमुख सामाज सेवि, बुद्धिजीवी स्थानीय नागरिकको सहभागीतामा कर्णाली फाउन्डेसन आयोजनामा UNDP को आर्थिक सहयोगमा कार्यक्रम भएको हो ।
ससदीय मामिला क्रीयाकलाप मध्य नजर गर्दै सूचनाको हक, अध्ययन अनुसन्धान लगाएत जनता सङ्ग नागरिक सङ्ग आएका सुझावहरुलाइ कसरी कानुनमा समावेश गर्न सकिन्छ भने विषय छलफल तथा बहस भएको थियो । सहभागीले सभामुख शाहिलाइ कानुनी सम्बन्धि प्रश्ननहरु गरेका थिए । दुई तिहाई सरकारले कहिले हो कानुन बानाउने, एउटै पार्टीको सभामुख ,उपसभामुख किन, गुमानसिह बिष्टले पनि प्रदेश ५ मा कर्णाली प्रदेशका नागरिकले कहिले सम्म कर तिर्नु जानु पर्ने, अनि १०+२ को रास्ट्रय परिक्षाको फारम भर्न कहिके सम्म जाने, शिक्षा ऎन कहिले सम्म बनि सक्छ, प्रदेश आयोग गठन कहिले र प्रदेश लोकसेवा कहिले सम्म हुन्छ, लालमति बस्नेतले प्रश्न गर्दै महिला तथा बालिबालिका सम्बन्धि कानुन कहिले बन्छ ,मौलिक हक अन्तर्गत माध्यमिक तह सम्म कहिले हो विद्यार्थी निशुल्क शिक्षा पाउने र कर्णाली प्रदेश कहिले आर्गनिक प्रदेश बन्छ लगाएत प्रश्नको सभामुख सम्क्ष सहभागीले सोधेका थिए । त्यसको पालैपालो गरि सभामुख शाहिले उतर दिनु भएको थियो ।
केही कानुन बनी सक्केको र केही बन्ने प्रक्रियामा रहेकोले अब छिटै कानुन बनेर कार्यन्वन तिर गएको सभामुख शाहिले बताएका छन । जनताले उठाएका प्रश्नको प्रदेश सभा मार्फत प्रदेश सरकार समक्ष पेश गर्ने बताएका छन ।
संघ, प्रदेश र स्थानीय तहमा भएका कानुनी विषयमा बहस भएको थियो । नेपालको सविधान व्यवस्था गरे अनुसार नेपालमा तीन तहको सरकार भएको र सरकारले कानुन बनाउन लागेको पनि बताएका छन । केही कानुन बाजिने भएकोले बिगतको व्यवस्था राम्रो नभएको भन्दै नयाँ व्यवस्था आएको र त्यसमा संघ , प्रदेश र स्थानीय सरकारको व्यवस्था अनुसार कार्यकारिणी अधिकार सहितको सविधान बनाएको सभामुख शाहिले बताएका छन ।
नगर प्रमुख पुनले कानुनी रुपमा छुट्टै स्थानीय तहले लागू गर्न नसक्ने बनाएको कानुन पनि केन्द र प्रदेश सरकार सङ्ग बाझिने भएकोले स्थानीय तहहरुले कानुन बनाउन नसक्ने बताएका छन । सबै कानुन संघ ,प्रदेश सरकारले बनाए पछि बल्ल आफुहरुले स्थानीय तहको कानुन बनाउने र लागू गर्ने बताएका छन् । शिक्षा ऎन नबनाउदा शिक्षा क्षेत्र तहसनहस भएको भन्दै नगर प्रमुख पुनले आफुहरुले पनि केही गर्न नसक्ने बताउनु भएको छ ।
निशुल्क शिक्षाको नाममा बजेट झुटै तलब भत्तामा छुट्याउन नसक्दा विद्यार्थी शुल्क तिरेर पढ्न बाध्य भएको नगर प्रमुख पुनको भनाइ छ । आफुहरुके केही शिक्षा सम्बन्धि कानुन ऎन बनाएर कसैलाई काखापाखा नबनाएर जनताको साझ प्रतिनिधि भएर शिक्षक समायोजन गर्ने समेत बताउनु भएको छ । कार्यक्रम कर्णाली फाउन्डेसनका अध्यक्ष नारायण प्रसाद भट्टराईको अध्यक्षतामा भएको थियो ।
- सल्यानमा कराँते प्रतियोगिता सुरु, १४० खेलाडीले प्रतिस्पर्धा गर्ने
- सल्यानको त्रिवेणीमा बजार अनुगमन : २ लाख बराबरको अखाद्य बस्तु नस्ट
- नेपाल निजामति कर्मचारी युनियन त्रिवेणीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
- सल्यानको त्रिवेणीमा टि.भि. हेर्न आएकी पाँच वर्षिया बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ
- त्रिवेणी गाउपालिका वडा नं. ६ द्धारा विपन्न ६० जना बालबालिकालाई शैक्षिक साम्रगी वितरण
- सल्यानमा भतिजाको कुटपिटबाट काकाको मृत्यु