सल्यानका युवालाई “साउथ एसिया युथ लिडरसिप अवार्ड” द्धारा सम्मानित
२ असोज : यस बर्षको “साउथ एसिया युथ लिडरसिप अवार्ड” सल्यानका एक युवा उद्यमीले पाएका छन। सल्यान जिल्ला सिद्धकुमाख गाँउपलिका-१ बाँझकाँडा (धानेटाकुरा) मा स्थायी बसोबास गर्ने डम्बर शाहूले उक्त अवार्डद्धारा सम्मानित भएका हुन। हरेक बर्ष जस्तै यो बर्ष पनि युवाको क्षेत्रमा क्रियाशिल विभिन्न व्यक्तिहलाई ‘साउथ एसियन युथ लिडरसीप अवार्ड–२०१९’ प्रदान गरिएको छ । ग्लोबल युथ पार्लियामेण्ट र ग्लोबल ल थिङकर सोसाइटीद्धारा बङ्गलादेशको ढाकामा आयोजित ‘दोस्रो दक्षिण एशियाली युवा सम्मेलन–२०१९’ मा बङ्गलादेशका स्वतन्त्रता तथा द्धन्द्ध मामलामन्त्री एकेयाम मोजाम्मेल हकले नेपालसहित श्रीलङ्का, अमेरिका, भुटान, पाकिस्तान र भारतलगायत दक्षिण एशियाली मुलुकका युवाहरुलाई सो अवार्ड प्रदान गर्नुभयो । नेपालको तर्फबाट नेपाल वार एशोसियनका पूर्वकोषाध्यक्ष मोहन इङनाम, दलित महिला उत्थान संघ नेपाल (एड्वान) की महासचिव विन्दु परियार, कर्णाली टेलिभिजन तथा नेशनल मिडिया एकेडमि एण्ड रिसर्च सेन्टर अध्यक्ष डम्बर शाहु, देशान्तर साप्ताहिकका सम्पादक विष्णुप्रसाद देवकोटा, त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक देवीप्रसाद अधिकारी, जनचेतना विकास समाज नेपालका कार्यक्रम संयोजक नगेन्द्रप्रसाद भट्ट, र बालगृहहरुको महासंघ नेपालकी अध्यक्ष दुर्गादेवी मैनाली लगायत विभिन्न देशसहित ३३ जना युवाहरुलाई सो अवार्ड प्रदान गरिएको हो ।
क्षेत्रीय एकतालाई थप बलियो बनाउँदै युवाहरुको सामूहिक नेतृत्व विकासका लागि अनुभव र अवसर आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको दुई दिने सम्मेलन हमज सम्पन्न भएको हो । सम्मेलनमा दक्षिण एशियाली मुलुकबाट करिव ३०० युवा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सम्मेलनमा दक्षिण एशियाली मुलुकमा रहेर विभिन्न विधामा सक्रिय युवाहरुलाई सम्मान गर्नुका साथै युवाहरुको नेतृत्व विकास, दिगो विकास, व्यावसायिक नेतृत्व, पर्यटन, शिक्षा, स्वास्थ्य, न्याय र प्रविधिलगायतका विषयमा बृहत् छलफल गरिएको थियो ।

पहिलो दक्षिण एशियाली युवा सम्मेलन सन् २०१७ मा काठमाडौँमा सम्पन्न भइसकेको छ भने तेस्रो सम्मेलन सन् २०२० मा श्रीलङ्कामा सम्पन्न गरिने भएको छ । युवाहरुको नेतृत्व विकास गर्ने उद्देश्यले सन् २०११ मा स्थापना गरिएको ग्लोबल युथ पार्लियामेण्टको उत्तर कोरिया, क्यानाडा, ब्राजिल, बेलायत र इटलीलगायत विभिन्न ४३ देशमा शाखा स्थापना गरिएको छ । ग्लोबल युथ पार्लियामेण्टले ‘युवा सार्क सम्मेलन’, ‘ग्लोबल युथ पिस कन्फरेन्स’, ‘एशियन युथ एसेम्बली’ र ‘ग्लोबल युथ लिडरसीप समिट’ लगायत युवाको क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

बङ्गलादेशका स्वतन्त्रता तथा द्धन्द्ध मामलामन्त्री एकेयाम मोजाम्मेल हकले दोस्रो दक्षिण एसियाली युवा सम्मेलन बंगदादेशमा आयोजना गरिएकोमा खुसी व्यक्त गर्दै क्षेत्रीय विकास र एकताका लागि युवाहर एकीकृत हुँदैमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । त्यसका लागि बंगलादेशले सधै सहयोगी भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ । पाटिएमिण्टका अध्यक्ष दिवाकर अर्यालले दक्षिण एसियाली युवाहरुको सामूहिक वृद्धि विकासका लागि बलियो क्षेत्रीय एकता आवश्यक रहेको र त्यसका लागि यो सम्मेलन कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । सोसाइटीकी अध्यक्ष राओमन स्मीताले दिगो विकासको लक्ष्य प्राप्तिका लागि साथै दक्षिण एसियाली मुलुकहरुको क्षेत्रीय एकता, विकास, साझेदारी समुन्नतीका लागि युवाहरुको सामूहिक एकता र सहभागिता र सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।

- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






