सिम्ता गाउँपालिकामा अति विपन्न परिवारलाई साेलार सेट वितरण
दुर्गा वि सि/ भाद्र, ३१
सुर्खेतको सिम्ता गाउँपालिका वडा ६ मा विपन्नता परिवारलाई साेलार सेट वितरण गरिएको छ । अती विपन्न भएका घर परिवारकाे एकिन गरि वडाले साेलार वितरण गरेकाे छ । वडा ६ निवासि सीता वादि,कविता महर,तारा कामी,गृम वहादुर वि क,लिलमा वादि,हिमवहादुर वुढा र गाेमा देवि वादि गरि १६ जनालाई अाज नै एक कार्यक्रमका विच ५१ वाटकाे साेलार वितरण गरिएको छ । वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र सिंह, प्रमुख प्रशासकीय अधिकृत जनक वहादुर हमाल, अन्य जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा साेलार वितरण कार्यक्रम अायाेजना गरिएको थियाे ।
त्यसै गरि गरिविकाे रेखामुनि रहेका अति विपन्नता परिवारकाे नामङकन तथा रेखाङकन गरि गाउँपालिकाका प्रत्येक वडामा १० सेटका दरले ९६ सेट साेलार वितरण भएको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के सि ले जानकारी दिनु भएको छ । सिम्तामा गरिविकाे रेखामुनि रहेका नागरिकलाई यसरी नै उनिहरुकाे जीवन पद्धति परिवर्तन गर्ने गाउँपालिकाकाे प्रमुख लक्ष्य अनुरुप याे काम गरिए वताएकाे छ ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






