सल्यानमा कांग्रेसको जागरण अभियान सुरु
देशैभर सुरु भएको नेपाली कांग्रेसको दोस्रो रास्ट्रीय जागरण अभियान सल्यानमा सुभारम्भ गरिएको छ।जिल्लाको छत्रेश्वरि मन्दिर बाट सल्यान कांग्रेस (ख)ले जागरण अभियानको सुरुवात गरेको हो।
१०६ औ बिपि जयन्तीको अबसर पारेर कांग्रेसले जागरण अभियानको सुरुवात गरेको हो।छत्रेश्वरि गाउँपालिका ६ मा अबस्थित छत्रेश्वरि मन्दिर परिसरमा विभिन्न प्रजातिका १ सय ६ वटा बोरुवा रोपेर बिपि जयन्ती मनाई जागरण अभियानको सुभारम्भ गरिएको कांग्रेस क्षेत्रीय कार्यसमितिले जनाएको छ।

जागरण अभियानको उद्घाटन गर्दै केन्दिय प्रतिनिधि सीता राना मगरले यो जागरण अभियानले एकताको सन्देश दिने बताएकी छन।छरिएर रहेका सम्पुर्ण कांग्रेसजनलाई यो जागरणले एक ठाउमा केन्द्रित गर्न मद्धत गर्ने उनले बताईन।
हामिले हाम्रो घर मिलाउन सकिम भने कांग्रेस मुलुकको ठूलो पार्टी बन्नेमा आफु बिश्वस्त रहेको उनले बताइन।
कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी मगरले नेकपाको सरकारले जनतामा दम्भ देखाएता पनि नडराउन कार्यकर्ता हरुलाई आग्रह गरेकी छन।कांग्रेस प्रती सरकारले दमन गरेतापनी कत्तीपनि नआत्तिन कार्यकतालाई निर्देशन दिएकिछन।
प्रदेशसभा क्षेत्रीय कार्यसमिति (ख) का सभापती सन्तोष केसिको अध्यक्षतामा सप्पन्न सुभारम्भ कार्यक्रममा नेपाली कांग्रेसका निबर्तमान केन्द्रिय सदस्य डिल्लीराज रेग्मी नेपाली कांग्रेसका जिल्ला सभापती गनेश चन्द जिल्ला समन्वय समिती सल्यानका प्रमुख केस बहादुर बिस्ट,शारदा नगरपालिका प्रमुख सुरेस अधिकारि लगाएतकाले मन्तब्य राखेका थिए ।

उनिहरुले पार्टीले अब खेल्नुपर्ने भुमिका र बिपिको बिचारको बारेमा चर्चा गरेका थिए।बिपिको मार्गरेकामा हिडेर कांग्रेस अगाडि बढ्नुपर्नेमा उनिहरुले जोड दिएका थिए।जागरण अभियानले कार्यकर्ता हरुको मनोवल बढ्ने बिश्वास ब्यक्त गरेका छन।
क्षेत्रीय सदस्य मेघराज भन्डारिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण नवीन पौडेलले गरेका थिए।
यसैबिच प्रदेशसभा क्षेत्रीय कार्यसमिति(ख)ले असोज १ गतेदेखि ६ गते सम्म पालिका स्तरीय कार्यक्रम गर्ने निर्णय गरेको छ।जस अनुसार असोज १ गते कालिमाटी गाउँपालिकाको पुतलीबजार,३ गते शारदा नगरपालिकाको श्रीनगर बजार ,४ गते कपुरकोट गाउँपालिकाको कपुरकोट बजार ,५ गते छत्रेश्वरि गाउँपालिकाको भोटेचौर र ६ गते त्रीवेणी गाउँपालिकाको रिखे बजारमा कार्यक्रम गर्ने निर्णय गरेको छ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






