निर्माण व्यबसायी सल्यानले भन्यो ‘त्रिबेणी गाउपालिकामा कसैलाई हातपात गरिएको छैन ।’
भाद्र २०, सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकाले आह्वान गरेको टेण्डरमा ठेक्का दर्ता गर्दा कसैलाई हातपात नभएको नेपाल निर्माण व्यवसायी संघ सल्यानले जनाएको छ । भाद्र १८ गते ठेक्का दर्ता गर्न जाँदा आफुमाथी हातपात भएको भन्दै खैरावाङ कन्स्कशन प्रालिका प्रोपराईटर डिल्लीराज खड्काले जिल्ला प्रशासन कार्यालय सल्यानमा उजुरी हालेपछि निर्माण व्यवसायीले आज यस्तो प्रतिकृया दिएको हो ।
निर्माणले एक विज्ञप्ती जारी गर्दै डिल्लीराज खड्काले अनावश्यक कल्पोकल्पीत रुपमा त्रिवेणी गाउँपालिका अध्यक्षका छोरा पोखर सिङ डाँगी सहित अनमोल श्रेष्ठ र गाउँ प्रहरी केशव ओलीको चरित्र हत्या गरेको जनाएको छ । भाद्र १८ गते त्रिवेणी गाउँपालिकामा निर्माण व्यवसायीको रोहोबरमा निष्पक्ष रुपमा टेण्डर दर्ता भएको विज्ञप्तीमा भनिएको छ ।

यसैबिच त्रिवेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीका छोरा पोखर सिङ डाँगीले आफुमाथि डिलीराज खड्काले गलत आरोप लगाएको बताएका छन । आफ्नो ब्यक्तिगत कामको सिलसिलामा गाउँपालिकाको कार्यालय पुगेको भएतापनी आफु टेन्डर प्रक्रियामा सहभागी नभएको उनले बताएका हुन् ।
उनले भने, ‘डिल्लीराज खड्को दाई मेरो बुबासँग चुनाव लडेर हार्नुभएको हो, त्यसैको रिसीबीमा मलाई हातपात गरेको आरोप लगाउनुभयो ।’ आफुमाथी झुटा आरोप लगाएर आफ्नो स्वतन्त्रता हनन गरेको भन्दै उनले कानुनी बाटो खोज्ने चेतावनी दिएका छन् ।
त्यस्तै आफुलाई टेन्डरको विषयलाई लिएर ज्यानमार्ने धम्की आएको उनले बताएका छन् । अपरिचित ब्यक्ती र नम्बरबाट बुुुधबार बेलुका आफुलाई ज्यानमार्ने धम्की आएको उनले उक्त नाम भने खुलाउन मानेन् । यस विषमा आफुले छानविन गरेर उजुरी गर्ने उनको भनाई छ ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






