मेयर र उपमेयर पक्षबीचको झडपमा घाइते भएका स्थानीयको मृत्यु, मेयरमाथि कारबाहीको माग
धनुषा – हंशपुर नगरपालिका कार्यालय सार्ने विषयमा भएको झडपमा परी गम्भीर घाइते भएका एक स्थानीयको उपचारको क्रममा ज्यान गएको छ ।
ज्यान गुमाउनेमा हंशपुर नगरपालिका – २ का स्थानीय ५५ तपेश्वर मण्डल रहेका छन् । मण्डलको जनकपुर अंचल अस्पतालमा उपचारको क्रममा बुधबार साँझ ज्यान गएको हो ।
वडा नम्बर २ बघचौडामा रहेको नगरपालिकाको कार्यालय मेयर रामज्ञान मण्डल बस्दै आउनुभएको वडा नं. ३ को बेल्हीमा सार्न खोजेपछि उपमेयर रेणु झाले अवरोध गर्दा २ समूहबीच गएको साउन २१ गते झडप भएको थियो । त्यस क्रममा प्रहरीले हस्तक्षेप गर्दा उपमेयर समूह र प्रहरीबीच समेत झडप भएको थियो ।
झडपको क्रममा प्रहरीको लाठीचार्जबाट उपमेयर झासहित ६ जना घाइते भएका थिए । गम्भीर घाइते भएका उपमेयर पक्षका मण्डलको उपचारको क्रममा झण्डै एक महिनापछि ज्यान गएको हो ।
घाइते मण्डलको ज्यान गएपछि उपमेयर पक्षले मेयरमाथि कारबाही गर्न माग गर्दै मंगलबार साँझ जनकपुर अञ्चल अस्पताल परिसरमै प्रदर्शन गरेका थिए ।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न
- शारदा नगरपालिका सल्यानद्वारा आधिकारीक लोगो सार्वजनिक
- त्रिवेणी गाउँपालिकाका ८ सय २ किशोरीलाई एचपिभी खोप लगाइदैँ
- त्रिवेणी गाउँपालिका स्तरीय छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्नः उपाधी सरस्वती मा.वि सिम्कलाई
- जन्मदिनको फजुल खर्चले शैक्षिक सामग्री