निर्मम तरिकाले कुकुर मारेको भन्दै मेयरसहित ३ जनाविरुद्ध उजुरी

   
त्रिवेणी अनलाइन
१७ भाद्र २०७६, मंगलवार १८:०३ मा
[Sassy_Social_Share total_shares="ON"]

खोटाङ – भुस्याहा कुकुरलाई निर्ममतापूर्वक मारेको भन्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयरसहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

भुस्याहा कुकुर नियन्त्रणमा लिने क्रममा निर्ममतापूर्वक चिरुवा दाउराले टाउकामा कुटेर मारेको भन्दै मेयर दिपनारायण रिजाल, दिक्तेलका खेलराज आचार्य र भोजपुर घर भइ हाल मेयर रिजालको घरमा बस्दै आएका श्रेष्ठ थरका एक जनाविरुद्ध मंगलबार उजुरी परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताउनुभयो ।

घरपालुवा तथा सामुदायिक पशु (कुकुर)लाई निर्ममतापूर्वक मारेको भन्दै खोटाङका बाजिन्द्र बिष्ट, स्नेहाज केयरका पशु प्राविधिक सुमनकुमार श्रेष्ठ र नेपाल भेटेनरी एसोसिएशनका डा. सिताराम यादवले उजुरी दिएका हुन् ।

चिरुवा दाउराले मुखमा, टाउकामा कुट्ने, झुण्ड्याउने र विषसमेत प्रयोग गरी सार्वजनिक स्थलमा कुकुरलाई मारेको तथा कतिपयलाई अचेत अवस्थामा खाल्डोमा पुरेकाले मुलुकी अपराध संहिता २०७४ परिच्छेद २७ पशुपक्षीसम्बन्धी कसुर बमोजिम अपराध भएकाले  कानुनी कारबाहीका लागि उजुरी दिइएको जनाइएको छ ।

नगरपालिकाले भने भुस्याहा कुकुरलाई हैजा लागेर आफै मर्न थालेको र मरेका कुकुरलाई व्यवस्थापन गर्नेक्रममा बाटोमा एउटा कुकुरले जनावरलाई टोकेर भाग्दै गर्दा अरुलाई पनि टोक्ने सम्भावना भएकाले केही व्यक्तिले नियन्त्रण गर्ने क्रममा कुटपिट गरेर मारेको जनाएको छ ।

गएको शनिबार बिहान दिक्तेलको त्रिवेणी चोकमा भुस्याहा कुकुरलाई कुटेर मारिएको भिडियो फेसबुकमार्फत सार्वजनिक भएपछि स्नेहाज केयर र नेपाल भेटेनरी एसोसिएशनको टोली दिक्तेल आइपुगेको हो । टोलीले मंगलबार बिहान ६/७ वटा कुकुरको उपचार गरेर जनाएको छ ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu