सल्यानको त्रिबेणी गाउँपालिकामा जसले धेरै उत्पादन गर्छ उसले अनुदान पाउछ

   
त्रिवेणी अनलाइन
१४ भाद्र २०७६, शनिबार ०९:५२ मा

भाद्र १४, सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकाले कृषकहरुले उत्पादन गरेको वस्तु विक्री गरेबापत अनुदान दिन थालेको छ । कृषकहरुको उत्पादन वृद्धिमा प्रोत्साहन गर्नको लागी गाउँपालिकाले अनुदान कार्यक्रम सुरु गरेको जनाएको छ ।

पहिलो चरणमा सुरु भएको यो कार्यक्रम पशुहरुमा लागु हुनेछ । अहिले दुध, खसीबोका र कुखुराको अण्डा बिक्रिमा अनुदान दिइएको गाउँपालिकाका पशु शाखा प्रमुख वसन्त रावतले बताए । उनकाअनुसार दुधमा प्रतिलिटर ५ रुपैया, अण्डामा प्रतिवटा ५० पैसा र खसीबोकामा प्रतिवटा ५ सय रुपैया किसानहरुलाई अनुदान दिइएको छ । त्यसको लागी किसानहरुले कम्तीमा एक महिनामा सय लिटर दुध, २ हजार वटा अण्डा र एक वर्षमा ५ वटा खसीबोका बिक्रि गरेको हुनुपर्ने छ ।

किसानको उत्पादन हेर्ने र बिक्रि गरेको व्यापारीलाई पनि अनुगमन गरेर अनुदान दिइने प्रमुख रावतले बताए । यो कार्यक्रमबाट किसानहरु उत्साहित भएर उत्पादन वृद्धि गर्ने उनको विश्वासन छ । यो कार्यक्रम लागु गर्न अहिले तत्कालको लागी गाउँपालिकाले ६ लाख रुपैया विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहाहुर डांडीले बताए ।

तपाइँको प्रतिक्रिया
Array