सल्यानको त्रिबेणी गाउँपालिकामा जसले धेरै उत्पादन गर्छ उसले अनुदान पाउछ
भाद्र १४, सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकाले कृषकहरुले उत्पादन गरेको वस्तु विक्री गरेबापत अनुदान दिन थालेको छ । कृषकहरुको उत्पादन वृद्धिमा प्रोत्साहन गर्नको लागी गाउँपालिकाले अनुदान कार्यक्रम सुरु गरेको जनाएको छ ।
पहिलो चरणमा सुरु भएको यो कार्यक्रम पशुहरुमा लागु हुनेछ । अहिले दुध, खसीबोका र कुखुराको अण्डा बिक्रिमा अनुदान दिइएको गाउँपालिकाका पशु शाखा प्रमुख वसन्त रावतले बताए । उनकाअनुसार दुधमा प्रतिलिटर ५ रुपैया, अण्डामा प्रतिवटा ५० पैसा र खसीबोकामा प्रतिवटा ५ सय रुपैया किसानहरुलाई अनुदान दिइएको छ । त्यसको लागी किसानहरुले कम्तीमा एक महिनामा सय लिटर दुध, २ हजार वटा अण्डा र एक वर्षमा ५ वटा खसीबोका बिक्रि गरेको हुनुपर्ने छ ।
किसानको उत्पादन हेर्ने र बिक्रि गरेको व्यापारीलाई पनि अनुगमन गरेर अनुदान दिइने प्रमुख रावतले बताए । यो कार्यक्रमबाट किसानहरु उत्साहित भएर उत्पादन वृद्धि गर्ने उनको विश्वासन छ । यो कार्यक्रम लागु गर्न अहिले तत्कालको लागी गाउँपालिकाले ६ लाख रुपैया विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहाहुर डांडीले बताए ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






