विद्यालय स्तरको ३ दिने क्रिकेट प्रतियोगिता आज देखि शुरु
सल्यानमा विद्यालय स्तरको ३ दिने क्रिकेट प्रतियोगिता आज देखि शुरु भएको छ । एमएम एकेडेमीले आयोजना गरेको एमएम एकेडेमी कपको शुक्रबार शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले उद्घाटन गरेका हुन ।
राष्ट्रिय खेलाडि तथा युवा नेता मनोज सिंहको बलिङ्गमा प्रमुख अतिथी अधिकारीले व्याटिङ्ग गरेर कपको उद्घाटन गरेका हुन । जिल्लाका विभिन्न ६ विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका छन ।
खलंगाको लुहापिङ्ग मैदानमा विहान भएको उद्घाटन शत्रमा नगरमा प्रमुख सुरेश अधिकारीले आफुले खेलको क्षेत्रमा लगानी गरिरहेको बताउदै निजी तथा सरकारी सबै विद्यालयलाई एउटै नजरबाट हेरेको बताए । उनले कसैलाई काखा र कसैलाई पाखा नगरको तर्फबाट नहुने भन्दै विद्यालय गरेको यति ठुलो खेलको स्रहना गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक इच्छुक शर्मा, राष्ट्रिय खेलाडी मनोज सिंह, प्याव्सन सल्यानका अध्यक्ष पुर्ण बहादुर भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । महेश देवकोटाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको संचालन पुर्ण बहादुर बस्नेतले गरेका थिए ।

प्रतियोगितामा आयोजक एमएम एकेडेमी खलंगा, त्रिजमावि खलंगा, नेरामावि कपुरकोट, लङ्ग ग्रीन रीभर सल्लीबजार, ज्योतिपुञ्ज एकेडेमी साहुटोल र मोर्डन तुल्सी एकेडेमी श्रीनगरले सहभागिता जनाएका छन ।
तिन दिनसम्म हरेक दिन दुई खेल हुने प्रतियोगितामा आज पहिलो चरणको खेलमा एमएम एकेडेमी तथा लङ्ग ग्रीन रीभर सल्लीबजार अनि दोस्रो चरणमा त्रिजमा खलंगा अनि ज्योतिपुञ्ज एकेडेमी साहुटोल छन ।

भोलीको खेलमा विहान ज्योति पुञ्ज र मोर्डन तुल्सी अनि दिउसो ग्रीन रीभर सल्लीबजार र नेरामावि कपुरकोट प्रतिस्पर्धामा छन । आइतबार विहान त्रिजमावि खलंगा र मोर्डन अनि दिउसा नेरामावि कपुरकोट र आयोजक एमएम प्रतिस्पर्धामा छन ।

- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह