सिम्तामा आर्थिक वर्ष २०७५/०७६ को समिक्षा कार्यक्रम सम्पन्न
इन्द्र बुढाथोकी सुर्खेत ८ भदौ । आर्थिक सामाजिक तथा सस्थागत विकासकोलागि पुर्वाधार सुशासनयुक्त सिम्ता गाउपालिकाको आधार सहित आज सुर्खेतको सिम्तगाउपालिकामा आर्थिक वर्ष २०७५/०७६ को वार्षिक समिक्षा कार्यक्रम गाउपालिकाको कार्यालय जामुनेबजारमा सम्पन्न गरेको छ । समिक्षा कार्यक्रमम गाउपालिका ९ वटै वडाका वडा कार्यालय कार्यालयको तर्फबाट गरेको नागरिकता प्रमाणपत्रसिफारिस , मालपोत कर, सिफारिस, व्यवसाय दर्ता, योजना सम्पन्न लगाएत अन्य कार्यालय बाट भैगरेका विभिन्न कामको वार्षिक रिपोर्ट प्रस्तुत गर्नुको साथै गाउँपालिका भित्रका विषयगत कार्यालयहरुले आफुहरुले एक वर्ष गरेको कामको बार्षिक कामको प्रतिवेदन प्रस्तुत गरेका थिए । वार्षिक समिक्षा कार्यक्रममा गाउपालिकाले ३० किलोमिटर सडक ,खानेपानी निर्माण ६३ वटा, सिचाइ कुलो ७१ स्वास्थ चौकी सामुदायिक स्वास्थ केन्द्र ३ वटा, २ वटा बिध्यालय निर्माण तथा ५२ वटा विध्यालय मर्मत , २ वटा वडा कार्यालय मर्मत तथा १ वटा वडा कार्यालय निर्माण , ८ वटा विभिन्न सामुदायिक भवन मर्मत र १२ स्थानमा कला सस्कृतिक संरक्षणका लागि मन्दिर मर्मत सम्भार गरिएको गाउपालिका अध्यक्ष कविन्द्र कुमार केसिले जानकारी दिएका छन । समिक्षा कार्यक्रममा बोल्दै न्याय समिति सदस्य नेत्रलाल महतराले अहिले सम्म ४४ वटा निबेदन आएको र सम्झदारीमा र मेलमिलापको माध्यम बाट बिवाद हल गरेको बताएका छन । गाउपालिकाको ९ वडामा नै प्रती वडा ५ जना रहेको मेलमिलाप केन्द रहेकाले केही सहज भएको र कानुनी सल्लाहकार नहुदा इजलास राखेर फैसला गर्न समस्या भएको समेत सदस्य महतराले बताएका छन । न्याय पालिकाको कार्यालय समेत बनाउन गाउपालिकालाइ सुझाव दिएका छन । कार्यक्रम बोल्ने वक्ताहरुले अहिले सम्म गाउपालिकाले गरिरहेका कामको स्रहनिय भएको र केही काम भने कागजमा मात्र सिमित भएका कारण अब त्यता तिर ध्यान दिन गाउँपालिकालाइ आग्रह गरेका छन । अब सडक खनेरमात्र विकास नहुने समेत बताएका छन । अब सडकलाई स्तरवृद्धी तिर पनि ध्यान दिनु पर्ने बताएका छन । अब गाउपालिका भित्रको गरिबी, अशिक्षा, बेरोजगारी पता लगाइ त्यसको निराकरण तिर केन्दित हुन आग्रह गरेका छन । अब वडामा समिती बनाउदा व्यक्ति भन्दा जनतालाई माथी राखेर उपभोक्ता समिति बनाउन आग्रह गरेका छन । कार्यक्रम गाउपालिका अध्यक्ष कविन्द्र कुमार केसि, उपाध्यक्ष चन्द्रकला शाही,नेकपा नेता झुप ब बुढा , जित ब सिह, नेपाली काङ्ग्रेस नेता राजेन्द्र सिह लगाएत वडा अध्यक्ष, कार्यपालिका सदस्य , वाडा सदस्य, गाउपलिका कर्मचारी , शाखाका कर्मचारी स्थानीय लगएतको उपस्थिति रहेको थियो भने गाउँपालिका बाट सरुवा भएर सूचना बिभागमा काठमाडौ जाने कर्मचारी लोकेन्द्र वि सि बिधाइ तथा गाउपालिकामा आउने कर्मचारी चित्र ब खत्री र नवीन बिसि लाई स्वागत गरेका छन ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






