सल्यानमा अन्तर माध्यामीक विद्यालय क्रिकेट प्रतियोगीता हुने ।
सल्यान खलंगामा रहेको एमएम एकेडेमीले यही भाद्र १३ देखि १५ सम्म अन्तरविद्यालय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको छ ।
विहिवार दिउसो विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एकेडेमीका अध्यक्ष महेश देवकोटाले विद्यार्थीको खेल प्रतिको आकर्षण र प्रतिभा देखाउने थलोको रुपमा प्रतियोगिता आयोजना गर्न थालिएको बताउनुभयो ।
यस्तै पत्रकारको जिज्ञासा सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल पूर्ण बहादुर बस्नेतले यो जिल्लामा विद्यालय स्तरमा आयोजना हुने प्रतियोगिता नौलो भएको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिइनेमा जोड दिनुभयो ।
जिल्ला क्रिकेट संघ सल्यानले यो प्रतियोगिता सहजीकरण गर्ने जनाइएको छ ।
प्रतियोगितामा विजेताले नगद रु १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र त्यसैगरी उपविजेताले नगद रु १० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।।
प्रतियोगिताको प्रथम पुरस्कार र द्धितिय पुरस्कार क्रमश अष्ट्रेलियामा बस्ने व्रिजेश विक्रम शाह र विकास बुढाथोकीले गर्नुभएको छ ।
प्रतियोगितामा जिल्ला सबै माविलाई सहभागी हुन आव्हान गरिएको छ ।
सहभागी विद्यालयले रु ३ हजार पाँच सय तिरेर टिम दर्ता गर्न सक्नेछन ।


- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह