रवि पत्नी निकिताले दिइन् चितवन प्रहरी प्रमुखसहित तीन जनाविरूद्ध जाहेरी
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेकी श्रीमती निकिता पौडेलले पुडासैनीको भिडिओ कीर्ते गरेको आरोपमा तीन जनाविरूद्ध प्रहरीमा जाहेरी दिएकी छिन्।
पौडेलले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा बुधबार जाहेरी दिएकी हुन्। उनले कीर्ते गरेकोमा हदैसम्मको सजाय माग्दै तीन जनाविरुद्ध जाहेरी दिएको परिसरले जनायो। ‘जाहेरीमा उल्लेख भएका विषय हेरिरहेका छौं, के कसो गर्ने भन्ने निष्कर्षमा पुगेका छैनौं,’ परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले भने। पुडासैनी आत्महत्या प्रकरणमा लामिछानेसहित तीन जनाविरुद्ध चितवन प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गरिरहेको छ।
तपाइँको प्रतिक्रिया
[gs-fb-comments]
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको






