रवि लामिछानेलाई थप ५ दिन थुनामा राख्न आदेश
३ भदौ, काठमाडौं । जिल्ला अदालत चितवनले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धान गर्न लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालतले आदेश दिएको हो । गत हप्ता शुक्रबार पक्राउ परेका लामिछानेसहित ३ जनालाई यसअघि पनि अदालतले ५ दिन थुनामा राख्न आदेश दिएको थियो । प्रहरीले अनुसन्धान नसकिएको भन्दै थप १० दिन थुनामा राख्न अदालतमा माग गरेको थियो ।
Source: Onlinekhabar
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको







