विप्लब नेकपाको ब्यानर छापेको आरोपमा सल्यानमा एक व्यापारी पक्राउ
३ भदौ सल्यान :
सल्यानमा नेत्रबिक्रम चन्द (विप्लव) नेकपाको व्यानर छापेको आरोपमा एक व्यापारी पक्राउ परेका छन। जिल्लाको शारदा नगरपालिका १ श्रीनगरमा केसी डिजिटल आर्ट संचालन गरेर व्यापार गर्दै आएका हरी केसीलाई प्रहरीले पक्राउ गरेको हो।
सरकारले प्रतिबन्ध लगाएको बिप्लब समुहलाई केहिदिन अगाडि खैराबाङ मन्दिरको जग्गा कब्जा गरेको ब्यानर छापेर सहयोग गरेको भन्दै केसिलाई शोमबार श्रीनगरबाट प्रहरीले पक्राउ गरेको बताएको छ। सल्यानका प्रहरी प्रमुख डिएसपी बिरेन्द्र बहादुर शाहीले अनुसन्धानका लागि केसिलाई पक्राउ गरिएको बताएका छन । बिप्लब समुहलाई सरकारले प्रतिबन्ध लगाएको थाहा हुदाहुदै अपराधिक क्रियाकलापमा चाहिने सामाग्री निर्माण तथा छपाई गर्छ भने त्यो अनुसन्धानको दायरामा आउने हुनाले केसिलाई अनुसन्धानको लागि पक्राउ गरिएको उनले बताए।
कुनैपनी व्यवसायीले ब्यापार व्यावसाय गर्न पाउने तर व्यवसायको आडमा राज्यको कानुन विरोधी गतिविधि गर्न नपाउने उनले बताएका छन। बिप्लब समुहले केहिदिन अगाडि छत्रेश्वरि गाउपालिका ६ लान्तीमा रहेको खैराबाङ मन्दिरको ६ रोपनी जग्गा झन्डा र ब्यानर गाडेर कब्जा गरेको हो।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






