फेसबुकमा ओली, प्रचण्ड र देउवालाई गाली गरेको आरोपमा पक्राउ
३ भदौ, काठमाडौं । प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गाली गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा सिमराका २८ वर्षीय सागर मैनाली छन् । उनी केही समयअघि मात्र वैदेशिक रोजगारीबाट नेपाल फर्किएका थिए ।
महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीलाई बाराबाट पक्राउ गरेर काठमाडौं ल्याइएको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले अनलाइनखबरलाई बताए । उनका अनुसार, पक्राउ परेका व्यक्तिविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार कारबाही हुनेछ ।
प्रहरीका अनुसार, मैनालीले फेसबुकमा भिडियो अपलोड गरेर मुलुकका विशिष्ट व्यक्तिलाई ‘काट्ने, मार्ने’ धम्की दिएका थिए । पक्राउ परेपछि प्रहरी अधिकृतसँग उनले आफूलाई त्यसको नतिजाबारे थाहा नभएकाले गल्ती गरेको बताएका छन् ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






