सल्यान जिल्लामै पहिलो पटक त्रिवेणी गाउँपालिकामा नाप नक्सा सुरु, दशैसम्म लालपुर्जा पाइने ।
सल्यानको त्रिवेणी गाउँपालिकामा जिल्लामै पहिलो पटक भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अब्यवस्थीत बसोबासीहरुको लालपूर्जा वितरणको लागी जग्गा नाप नक्सा कार्य सुरु भएको छ । त्रिवेणी वडा नं. ३ को तल्लो कारे वासमा एक कार्यक्रम गरी नाप नक्साको कार्य सुभारम्भ भएको हो ।

त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावतको सभाध्यक्षमा सुरु भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावल, राष्ट्रिय भूमि आयोग सल्यानका अध्यक्ष बिर बहादुर सेजवाल, नापि कार्यालय सल्यानका प्रमुख गोविन्द उपाध्याय, त्रिवेणी गाउँपालिका सल्यानको उपाध्यक्ष सिता खड्का पुन, निवर्तमान उपाध्यक्ष करुणा खड्का, नि.प्रमुख प्रशासकीय अधिकृत प्रभात कुमार श्रेष्ठ, वडा नं. १ वडा अध्यक्ष दल बहादुर बस्नेत, वडा नं. २ का वडाअध्यक्ष हस्त बहादुर रामजा, वडा नं. ४ का वडाअध्यक्ष वडा नं. ३ का का.वा. वडाअध्यक्ष मोहन के.सी., वडा सदस्य, कार्यपालिका सदस्य, विभिन्न राजनैतिक दलका प्रमुख÷प्रतिनिधि, ब्यापारी बुद्धिजिवि लगायत स्थानीयहरुको सहभागिता रहेको थियो । त्रिवेणी गाउँपालिका भित्र भूमिहिन दलित १७ जना, भूमिहिन सुकुम्बासी १२ जना र अवस्थित बसोबासीहरु १ हजार ६८ जना गरि १ हजार ९७ जना रहेको राष्ट्रिय भूमि आयोग त्रिवेणी गाउँपालिका सेवा केन्द्र प्रमुख सरोज बोहराले बताउनु भयो । कार्यक्रमको सभाध्यक्ष समेत रहनु भएका गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले भूमिहिनहरुलाई छिटै लालपूर्जा वितरण गरेर जग्गाको मालिक बनाउने बताउनु भयो ।

अब्यवस्थित बसोबास गरिहरेकालाई व्यवस्थित गर्नको लागी नाप नक्साको कार्यमा सहयोग गरी बास्तबिक भूमिहिनलाई जग्गा दिलाउन सहयोग गर्न अनुरोध गर्नुभयो । यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय भूमि आयोग सल्यानका अध्यक्ष सेजवालले भूमिहिन दलित र भूमिहिन सुकुम्वासीलाई प्राथमिकता राखेर काम गरिरहेको बताउनु भयो । नाप नक्साको कार्य समयमै सम्पन्न भए दशैसम्म लालपूर्जा बितरण गरिने पनि बताउनु भयो । यस्तै प्रमुख अतिथी रावलले त्रिवेणी गाउँपालिकाले जिल्लामै पहिलोपटक भूमिहिनलाई लालपूर्जा बितरणको लागी काम सुरुवात गरेकोमा खुसी ब्यक्त गर्नुभयो । कार्यक्रमको संचालन राष्ट्रिय भूमि आयोग त्रिवेणी गाउँपालिका सेवा केन्द्र प्रमुख सरोज बोहराले गर्नुभएको थियो ।


- The Suitable Online Gambling Establishment: A Comprehensive Overview
- The Appeal of Prize Online Casino Sites: A Comprehensive Overview
- LuckyMax Online Casino presenteert zichzelf als een moderne gaming bestemming die spelers verwelkomt met een uitgebreide…
- Exploring Flight Legends Loyalty Programme Benefits and Features
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।




