त्रिवेणी गाउँपालिकाका पशु विकास शाखा प्रमुख बसन्त रावतमाथि कुटपिट
सल्यानको त्रिवेणी गाउँपालिकामा कर्मचारीमाथि कुटपिट भएको छ । गाउँपालिकाको पशु विकास शाखाका प्रमुख वसन्त रावतमाथि कार्यकक्षमै कुटपिट भएको हो । बुधबार दिउँसो त्रिवेणी ६ कोसपिपल निवासी जनक बुढाथोकीले विना कुनै कारण शाखा प्रमुखमाथि आक्रमण गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका कर्मचारी रावतमाथि कार्यकक्षमै विना कारण कुटपिट भएको भन्दै त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर बुढाले कुटपिट गर्ने व्यक्तिलाई प्रहरीको जिम्मा लगाई कारवाहीका लागि लेखी पठाइएको बताए ।
शाखा प्रमुख रावतले भने, “आफ्नै कार्यकक्षमा बसेर वार्षिक प्रगति विवरण तयार गर्दै थिएँ, दिउँसो २ बजेतिर उ मेरो कार्यकक्षमा आएर के गर्दैछौ भाई भन्यो । मेले काम गर्दैछु दाई भनेर फर्किने बित्तिकै आक्रमण गर्यो ।” आक्रमणबाट चश्मा फुटेको भन्दै उनले ५÷६ पटक टाउकोमा प्रहार गरेको जानकारी दिए । कर्मचारीमाथि कुटपिट गर्ने जनकलाई लगत्तै गाउँ प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लुहामलाई बुझाएको थियो ।
कुटपिट गर्ने जनकमाथि विहीबार प्रहरीमा जाहेरी दिने तयारी छ । केही वर्ष पहिले पनि त्रिवेणी गाउँपालिकामा लेखा प्रमुखमाथि कुटपिट भएको भन्दै पशु विकास शाखा प्रमुख रावतले राष्ट्रसेवक कर्मचारीमाथि कुनै कमजोरी विना आक्रमण, कुटपिट हुनु दुःखद विषय भएको भन्दै आफ्नो जीउज्यानको सुरक्षाका लागि भएपनि दोषीमाथि कारवाहीका लागि प्रहरीकहाँ जाहेरी दिने तयारी गरिएको बताए ।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न
- शारदा नगरपालिका सल्यानद्वारा आधिकारीक लोगो सार्वजनिक
- त्रिवेणी गाउँपालिकाका ८ सय २ किशोरीलाई एचपिभी खोप लगाइदैँ
- त्रिवेणी गाउँपालिका स्तरीय छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्नः उपाधी सरस्वती मा.वि सिम्कलाई
- जन्मदिनको फजुल खर्चले शैक्षिक सामग्री