सल्यानमा नेवार समुदायले मनाए गाइजात्रा (फोटो फिचर)
सल्यानमा आज गाईजात्रा मनाइएको छ। आज बिहीबार सदरमुकाम खलंगा र प्रमुख ब्यापारिक केन्द्र श्रीनगरमा नेवार समुदायले गाईजात्रा मनाएका हुन।
सल्यानमा भोली शुक्रबार पनि यहाका नेवार समुदायले गाईजात्रा मनाउने छन। एकदिन मात्रै काठमाण्डौ उपत्यकामा मनाइने गाईजात्रा भन्दा भिन्नै तरिकाले सल्यानमा दुईदिन मनाइने गरेको छ ।
एक बर्षको अन्तरालमा दिबङ्गत भयका मानिसको आत्माको शान्ति साथै मोक्ष प्राप्तिका लागि गाईजात्रा मनाइने नेवार समुदायका जानकारहरुले बताएका छन। गाईजात्राले श्रीनगर र खलंगामा रौनकता छायको छ।
जात्रा हेर्न विभिन्न गाउँ तथा छिमेकी जिल्लाबाट समेत आएका मानिसहरुको बाख्लो भिड लागेको छ। रक्षाबन्धनको दिन आज बुढी गाईजात्रा र भोलि तरुनी गाईजात्रा निकाल्ने गरेको नेबार समुदायका जानकारहरु बताउछन् ।
यहाँको नेबार समुदायलाई यो जात्रा कहिलेदेखि मनाउन थालिएको हो भन्ने एकिन छैन । तरपनि सल्यानमा नेवार समुदायीले यसलाई विषेश पर्वको रुपमा लिने गर्दछ् । वर्षभरी मृत्यु भएकाको घरबाट निकालिने गाईजात्रा सल्यानमा भिन्नै र विषेश खालको छ ।
यहाँ डोकोलाई सिंगारेर मृतक मानिसको फोटो टाँसेर प्रेत्यक नेवार समुदायका घर तथा बजार परिक्रमा गरिन्छ । त्यसैगरी डोको भित्र एक जना मानिसलार्ई राखेर उक्त मानिस चारैतिर नाच्ने पनि यो पर्वको विषेशता हो ।
डोकोमा रहेको मानिस सँगै अन्य चार जना बैरागीहरु पनि मादल अनि मुरलीको तालमा नाच्ने गर्दछन् । सल्यानमा यो पर्वको मुख्य बिशेषता र आकषर्ण भनेको ठुला ठुला मादल अनि मादलको तालमा नाचिने नाच र चिटिक्क सिंगारिएका बैरागी हुन ।
खलंगा, श्रीनगरमा निकालिने जात्रामा नेवार समुदाय मात्रै नभएर बाहिरबाट आएका अन्य जातिका मानिसहरु पनि सहभागी हुने गर्दछन् । जात्रालाई शान्त र मर्यादित बनाउन यो वर्ष पनि विषेश सुरक्षा सतर्कता अपनाई बाख्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।



- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






