मिडिया काउन्सिल विधेयक खारेजी होईन, संशोधनको माग होः अध्यक्ष आचार्य

   
त्रिवेणी अनलाइन
२७ श्रावण २०७६, सोमबार १५:३४ मा
[Sassy_Social_Share total_shares="ON"]

नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले मिडिया काउन्सिल सम्बन्धी विधेयक खारेजी पत्रकार महासंघको माग नभएको वताउनु भएको छ । सरकारले संसदमा पेश गरेको मिडिया काउन्सि सम्बन्धी बिद्येयक खारेजी गर्नुपर्ने महासंघको माग नभई संशोधन गर्नुपर्ने रहेको उहाँले बताउनुभएको हो । नेपाल पत्रकार महासंघ केन्द्रिय समितीको आयोजना नेपाल पत्रकार महासंघ सल्यान शाखाको संयोजनमा आइतवार सदरमुकाम खलंगामा आयोजित पत्रकार महासंघकोे वर्तमान भूमिका र अवको कार्यदिशा विषयक कार्यशाला गोष्ठीमा वोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष आचार्यले नेपाल पत्रकार महासंघ सधै प्रेस स्वतन्त्रताको पक्षमा रहेकोले यसका विरुद्धमा कुनै सम्झौता नगरिने प्रतिवद्धता जनाउनुभयो । उहाँले मिडिया काउन्सिल ऐन पत्रकारहरुको माग भएकोले यसको खारेजका लागि पत्रकारहरु सडकमा नआएको जानकारी दिनुभयो । “समाचार लेखेकै कारण अन्य कानुन लगाएर पत्रकारहरुलाई दण्डित नरियोस यसका लागि सरकारले छुट्टै नियमनकारी निकाय निर्माण गरोस भन्ने हाम्रो माग हो” उहाँले भन्नुभयो । उहाँले पत्रकारहरु पनि कानुनभन्दा माथी हुन नसक्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै महासचिब रमेश बिष्टले सरकारले मिडिया काउन्सि बिद्येयक बनाउदा पत्रकार महासंघ संग कुनै पनि छलफल नगरेको बताउनु भएको छ । पत्रकारहरु सँग छलफल नै नगरेर समाचार लेखेकै आधारमा पत्रकारहरुलाई दण्ड जरिवाना गर्ने बिद्येयक सरकारले ल्याउन थालेकाले त्यसको बिरुद्धमा पत्रकार महासंघले आन्दोलन थालेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिष्ट, प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने, नेकपा कर्णाली प्रदेश कमिटी सदस्य ज्ञान बहादुर वली, नेपाली काँग्रेस सल्यानका सभापती गणेश चन्द, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिती सदस्य नबिन पौडेल, प्रेस यूनियनका सनत कुमार शर्मा, प्रेस चौतारीका मिना बुढाथोकी, प्रेस सेन्टरका दिपक शर्मा, क्रान्तीकारी पत्रकार संगठनका केन्द्रिय अध्यक्ष डिल्लीराज रावत, जनपत्रकार संगठन सल्यानका सचिब खकेन्द्र केसी लगाएतले बोल्नु भएको थियो ।

नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक ईच्छुक शर्माको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय उपाध्यक्ष बिपुल पोख्रेलले कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो । नेपाल पत्रकार महासंघ सल्यानका सहसचिब शिब डाँगीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिब शंकर केसीले गर्नु भएको थियो ।
कार्यक्रममा कर्णाली प्रदेशका १० वटै जिल्लाका नेपाल पत्रकार महासंघका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu